नियम ३९
कार्य सम्पादन मूल्याङ्कन सम्बन्धी व्यवस्था
(१) नेपाली सेनाले निर्धारण गरेको ढाँचामा प्रत्येक वर्षको कार्य सम्पादन मूल्याङ्कन दुरुस्त बनाई राख्नु पर्नेछ ।
(२) कार्य सम्पादन मूल्याङ्कन र बढुवाको लागि लिइने अन्तिम सिफारिस प्रतिवेदनलाई अति गोप्य प्रतिवेदनको रूपमा लिई व्यक्ति व्यक्तिको छुट्टा छुट्टै फाईल खडा गरी अधिकृतको हकमा सैनिक सचिव र सोभन्दा मुनीको हकमा सम्बन्धित कार्यालय प्रमुखको जिम्मामा राखिनेछ ।
(३) कार्य सम्पादन मूल्याङ्कन सम्बन्धमा देहाय बमोजिम गर्नु पर्नेेछः–
(क) प्रमुख सेनानी वा सो भन्दा माथिका सैनिक अधिकृतले दुई प्रति र सो भन्दा मुनिका अन्य सैनिक व्यक्तिले एक प्रति कार्य
सम्पादन मूल्याङ्कन भरी प्रत्येक वर्षको माघ महिनाको एक गतैदेखि सोही महिनाको पन्ध्र गतेसम्म अनिवार्य रूपमा आफू कार्यरत रहेको कार्यालय प्रमुख समक्ष पेश गर्नु पर्नेछ ।
(ख) कार्यालय प्रमुखले सैनिक व्यक्तिको कार्य सम्पादन मूल्याङ्कन भरेपछि सम्बन्धित सैनिक व्यक्तिलाई देखाई निजको राय समेत
खुलाई दस्तखत गराउनु पर्नेछ र अधिकृतस्तरको हकमा तालुक अड्डा मार्फत सैनिक सचिव विभागमा प्रत्येक वर्ष फागुन एक गतेदेखि सोही महिनाको पन्ध्र गतेसम्ममा प्राप्त भइसक्ने गरी पठाउनु पर्नेछ । प्राप्त नहुने व्यक्तिको हकमा कार्यालय प्रमुख,'पतिले सम्बन्धितसँग पेश नगर्नाको स्पष्ट कारण माग गरी सम्बन्धितमा जानकारी गराउनु पर्नेछ ।
(४) प्रमुख सेनानी वा सो भन्दा माथिका सैनिक अधिकृतको कार्यसम्पादन मूल्याङ्कनको एक प्रति सिलबन्दी गरी मन्त्रालयमा पठाउनु पर्नेछ । बढुवा उजुरीको सम्बन्धमा नियम ४४ बमोजिमको समितिले माग गरेमा मन्त्रालयले सिलबन्दी रहेको कार्य सम्पादन मूल्याङ्कन विवरण समितिलाई उपलब्ध गराउनेछ । समितिले बढुवा उजुरीको सम्बन्धमा छानविन गर्दा बाहेक अन्य अवस्थामा सिलबन्दी रहेको कार्य सम्पादन मूल्याङकन खोलिने छैन ।